शनिबार, असोज १२, २०८१

एमाले सांसद सूर्य थापाको असंदीय शब्द संसदीय रेकर्डबाट हटाइयो

 |  बिहीबार, असार ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

काठमाडौं- नेकपा एमालेका सांसद सूर्य थापाले भालुवाङ-प्युठान मोटरबाटोका सम्बन्धमा सरकारको ध्यान नपुगेको ध्यानाकर्षण गराउन प्रयोग गरेको उखान संसदीय रेकर्डबाट हटाइएको छ।

triton college

यो बाटोका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा उचित रकम नदिएको र वर्षा याममा गर्नुपर्ने पूर्वतयारी लगायतका काम नभएको भन्दै उनले सरकारको आलोचना गरेका थिए।

समस्या आएपछि समाधान गर्नेभन्दा पूर्वतयारी गर्नुपर्ने भन्नका लागि उनले एउटा उखान प्रयोग गरेका थिए। लगत्तै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले लैंगिकक भेदरुपी उखान प्रयोग गरेको भन्दै नियमापत्ति गरिन्।

त्यसपछि सभामुख देवराज घिमिरेले असंसदीय शब्द र लैंगिक भेद देखिने शब्द आएको उल्लेख गर्दै त्यसलाई हटाइएको जानकारी गराए।

प्रकाशित: Jun 20, 2024| 12:45 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्