सोमबार, जेठ १८, २०८३

कर्मचारीको आन्दोलनका कारण संसद् स्थगित

 |  बुधबार, असार ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

काठमाडौं- संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित भएको छ। अतिरिक्त समयमा काम गरेको सेवा सुविधा माग गर्दै कर्मचारीले गत जेठ २१ गतेदेखि आन्दोलनलाई जारी राखेका छन्।

National life

त्यस क्रममा कर्मचारीले प्रतिनिधि सभा बैठकको युट्युबमा हुने प्रत्यक्ष प्रशारणमा बुधबार अपराह्न ५ बजेपछि सभामुख देवराज घिमिरेलाई मात्रै देखाएका थिए भने बोलेका सांसदलाई देखाएनन्। 
यसपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेका सांसदहरूलाई प्रत्यक्ष प्रशारणमा नदेखाइएकोले ब्ल्याक आउट गरेर बैठक सञ्चालन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।

त्यसको केहीबेरमा सभामुख घिमिरेले असार ६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्। मंगलबारको बैठकमा पनि झण्डै १२ मिनेट बोल्ने सांसदलाई नदेखाई सभाामुख घिमिरेलाई मात्र देखाइएको थियो।

संसद्का कर्मचारीहरूले अतिरिक्त समय काम गरेको सेवा सुविधा नपाउने हो भने कार्यालय समयभन्दा बाहेक काम गर्न नसकिने अडान लिँदै आएका छन्। कर्मचारीका मागबारे सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले दुवै सभाका पदाधिकारी, दलका प्रमुख सचेतकलगायत सँग छलफल गरेका थिए।

उनीहरूले अर्थमन्त्री वर्षमान पुनसँग कर्मचारीका माग सम्बोधनका लागि पहल गर्ने निष्कर्ष निकालेका थिए। कर्मचारीहरूले माग पूरा नभएको भन्दै धर्नालगायत आन्दोलनलाई जारी राख्दा प्रतिनिधि सभा बैठक नै प्रभावित बन्न पुगेको हो। 

Shivam cement

प्रकाशित: Jun 19, 2024| 18:32 बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्