शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कोशी प्रदेशसभा बैठक : प्रतिपक्षद्वारा सदन बहिष्कार

 |  बुधबार, असार ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

triton college
Metro Mart
vianet

विराटनगर-कोशी प्रदेशसभाको पाँचौं अधिवेशनको आजको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन्।
    
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्य सूची थियो। निर्धारित समयभन्दा ढिला प्रदेशसभा सञ्चालन गर्न सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा नेपाली कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए।

सभामुख विष्टको आग्रहपछि कांग्रेसका प्रदेशसभा सदस्य गोपाल तामाङ र राप्रपाका सबिना बजगाईंले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गरे। उनीहरुले रातो किताबमा उल्लेखित बजेट र योजनाबाट निर्वाचनमा मतदातासामु  गरेको बाचा पूरा नहुने धारणा राखे। लगत्तै उनीहरुले संसदीय दलको निर्णय भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन्। सत्तापक्ष र प्रतिपक्षबीच सदनको गतिविधि अघि बढाउन अहिले वार्ता भइरहेको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

प्रकाशित: Jun 19, 2024| 15:14 बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्