बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • 'पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सेवासुविधा लिन मिल्छ ?'

'पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सेवासुविधा लिन मिल्छ ?'

 |  बुधबार, असार ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सेवा सुविधा लिन मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको विषय चर्चा आइरहेका बेला प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद खतिवडाले यो प्रसंग उठाएका हुन्।

उनले भने, 'पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्यता नवीकरण गरेमो समाचारहरू आएका छन्। पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्व राष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ? राज्यले त्योबारेमा के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस्। संविधानमा के छ ?’

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको पुष्टि पार्टीले भने गरिसकेको छैन।

प्रकाशित: Jun 19, 2024| 13:17 बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्