आइतबार, मंसिर २८, २०८२

सय दिनमा ८२५ शिक्षकले त्यागे पार्टी सदस्यता

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

काठमाडौं-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफ्नो निर्देशनपछि ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी छन्।

National life

मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताइन्। उनले दलीय सदस्यता लिएका ८२५ शिक्षकले सदस्यता त्याग गरेको, ४५ शिक्षक विरुद्ध मन्त्रालयमा उजुरी आएकामा ४१ जनासँग स्पष्टीकरण लिइएको र चार जनाले सफाइ पाएको बताइन्।

“गुणस्तरीय शिक्षाका लागि हामी सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता छ। मैले नेतृत्व सम्हालेपछि त्यही भावनाका साथ काम शुरू गरिएको छ। त्यसको परिणाम पनि बिस्तारै देखिन थालेको छ। अहिले शिक्षकहरूले पनि हाम्रो उद्देश्य बुझेर सदस्यता त्याग्न थाल्नुभएको छ। अन्तिमसम्म पनि त्यो निर्णय कार्यान्वन गर्न म प्रतिबद्ध छु,” उनले भनिन्।

उनले विश्वविद्यालयमा नियुक्ति गर्दा योग्यताक्रमलाई आधार मान्न थालिएको पनि बताइन्। यस्तै विद्यार्थीको परिचयपत्र नम्बरलाई शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गरिने बताउँदै उनले पाठ्यपुस्तक पुनः प्रयोगका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको, करिअर परामर्श कार्यक्रम सञ्चालन गरिएको, पाठ्यक्रममा जनसहभागिता, दिवा खाजालाई प्रभावकारी र गुणस्तरयुक्त बनाउन पहल गरिएको, राष्ट्रिय परीक्षा बोर्डको नतीजा प्रकाशनको तालिका बनाइएको समेत उल्लेख गरिन्।

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गाबारे छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रिताल र विदेशी सम्बन्धन प्राप्त कलेजका सम्बन्धमा अध्ययन गर्न पूर्वसचिव शङ्कर कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको पनि जानकारी दिइन्।

Laxmi sunrise bank
kumari

शिक्षक सरुवा निर्देशिकामा स्थानीय तह समेतको असन्तुष्टिका बारे उनले सरुवालाई पारदर्शी र वैज्ञानिक बनाउन सम्बन्धित पक्षसँगको छलफलका आधारमा निर्देशिका ल्याएको र आवश्यकतानुसार परिमार्जन गर्न सकिने बताइन्।

प्रकाशित: Jun 18, 2024| 19:16 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्