सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन शर्माको माग

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन शर्माको माग

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेका छन्।

National life

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भने पनि आफ्नो दायित्व निर्वाह नगरेको बताए। सरकारले तिरिदिनुपर्ने एक हजार १४ रुपैयाँ नछुट्याइएको भन्दै उनले यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

उनले भने, 'बजेटमा सरकारले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षाको योजनामा आवद्ध गर्ने भनेको छ। तर,  सरकारले जम्मा गरिदिनु पर्ने एक हजार १४ रुपैयाँको जुन योगदान गर्नुपर्ने हो, त्यसको लागि सरकारले पैसा छुट्याएको छैन। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्ने भन्ने हाम्रो जे व्यवस्था छ र संविधानको धारा ३४ ले जे भन्छ, त्यो दिशामा सरकारले गम्भीर पहलकदमी गरोस्।’

सांसद शर्माले अनौपचारिक क्षेत्रका श्रमिकको आयको सुरक्षा, जीवनको सुरक्षा र सामाजिक सुरक्षा अलपत्र अवस्थामा रहेको बताए ।

Shivam cement

प्रकाशित: Jun 18, 2024| 12:29 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्