मंगलबार, पुस ८, २०८२

बंगलादेशसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो नेपाल

 |  सोमबार, असार ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३, २०८१

काठमाडौं- आईसीसी टी–२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। १०७ रनको लक्ष्य पक्ष्याएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिन पुग्यो।

National life

किंग्स टाउनस्थित ओर्नोस वेल ग्राउन्ड सेन्ट भिन्सेन्टमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो। 
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई/दुई विकेट लिए ।

एक खेल अगावै जारी विश्वकपको पहिलो चरणबाटै बाहिरिसकेको नेपाल टेस्ट राष्ट्रलाई हराएर इतिहास रच्ने लक्ष्यमा थियो। तर, बंगलादेशको बलिङसामु नेपाली टोलीले राम्रो ब्याटिङ गर्न सकेन। योसँगै एक दशकपछि टी–२० विश्वकप खेल्ने अवसर पाएको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिनुपरेको छ। 

तीन खेल खेलेको नेपालले एउटै पनि जित हात पार्न सकेन। नेदरल्यान्ड्ससँग ६ विकेट तथा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको नेपालले श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा एक अंक पाएको थियो।
 

प्रकाशित: Jun 17, 2024| 09:15 सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्