मंगलबार, असार ११, २०८१

himalayan bankhimalayan bank

क्रिकेटका राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार

 |  आइतबार, असार २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २, २०८१

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरेको छ।

triton college

टी-२० विश्वकपका लागि छनोट हुन सफल १५ जना खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई नगद २ करोड ९७ लाख रुपैयाँ प्रदान गरिएको हो।

मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा १५ जना खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरिएको छ। यस्तै टिम व्यवस्थापक सुमनराज कार्कीलाई १ लाख ९५ हजार, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको छ।

नेपाली टोली विश्वकपमा छनोट भएसँगै सरकारले राष्ट्रिय क्रिकेट टिमलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो।

प्रकाशित: Jun 16, 2024| 17:48 आइतबार, असार २, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्