शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

को बन्ला ‘नेपाल आइडल–२’?

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं –  यतिबेला लोकप्रिय रियालिटी सो ‘नेपाल आइडल–२’ निकै चर्चामा छ। दर्शकश्रोताले अत्यधिक रुचाएको नेपाल आइडल–२ मा चार प्रतिस्पर्धी फाइनलमा पुगेका छन्। अहिले यी चार प्रतिस्पर्धीको चर्चा पनि चुलिएको छ। 

चारै प्रतिस्पर्धीका शुभचिन्तकले आफ्नो प्रतिस्पर्धीलाई अत्यधिक भोट दिलाउन सामाजिक सञ्जामा प्रचार गरिरहेका छन्। यस्तै उनीहरूले विभिन्न कार्यक्रम गरेर भोट मागिरहेका छन्।

सोको फाइनल प्रतिस्पर्धा शुक्रबार हुँदैछ। फाइनल प्रतिस्पर्धाको रियालिटी सो नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुने कार्यक्रम तय भएको छ। फाइनलको सोका लागि पुल्चोक क्याम्पसमा तयारी तीव्र पारिएको छ। 

‘नेपाल आइडल–२’ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लुआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुरमध्ये एक रोज्न पाउनेछन्। 

नेपाल आइडलका निर्णायकमा न्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी  छन्। कार्यक्रम प्रस्तोतामा आसिफ शाह र रिमा विश्वकर्मा रहेका छन्। नेपाल आइडल एपी वान टेलिभिजनबाट हरेक साता बिहीबार र शुक्रबार राति ८ : ३० देखि प्रसारण हुँदै आएको थियो।

फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा कञ्चनपुरका रवि ओड भिड्नेछन्। यस्ता छन् फाइनल प्रतिस्पर्धी :

विक्रम बराल

विक्रम बराल पोखरा अडिसनबाट नेपाल आइडलका लागि छानिएका गोल्डन माइक विजेता हुन्। उनी पप, क्लासिकदेखि सुगम संगीतमा राम्रो भोकल दिन सक्छन्। 

बरालले प्रतिस्पर्धाकै क्रममा नेपाली फिल्म ‘प्रसाद’ मा एउटा गीत गाउने अवसर पाएका छन्। उनले संगीतकार सुवास भुसालको शब्द तथा संगीतमा रहेको फिल्मको तेस्रो गीतमा स्वर दिएका छन्। उनको स्वर धेरैले मन पराएकाले उनलाई आइडलको बलियो दाबेदारका रुपमा हेरिएको छ।

सुमित पाठक

सुमित पाठक झापाका हुन्। उनको स्वर निकै मिठो छ। पाठकका बुबा संगीतका गुरु हुन्। बुबा संगीत गुरु भएकै कारण उनी सानैदेखि गीतसंगीतमा लागेका थिए । पाठकले नेपाली फिल्म अमेरिका ब्वायजको एउटा गीतमा स्वर दिइसकेका छन्।

सुमित शास्त्रीय संगीतमा समेत अनुभवी छन्। उनी आधुनिक, पप, र्‍यापका साथै अन्य गीतमा मिठो स्वर भर्न सिपालु छन्। सुमित हारमोनियम, तबला, गितार र ड्रमसेट राम्रोसँग बजाउन सक्छन्। उनी पनि काठमाडौं अडिसनबाट गोल्डेन माइक विजेता हुन्।

अस्मिता अधिकारी

नेपाल आइडल सिजन २ को टप चारमा पर्ने एक मात्र महिला प्रतिस्पर्धी हुन् अस्मिता अधिकारी । झापाकी अस्मिताले बिएस्सी नर्सिङ गरेकी छन्। सानैदेखि गीतसंगीतमा रुचि भएकी अस्मिताले यसअघि पनि विभिन्न प्रतिस्पर्धामा भाग लिइसकेकी छन्।

अस्मिता झापा अडिसनबाट आएकी हुन्। स्वरलाई धेरै रुचाइएको र एक मात्र महिला प्रतिस्पर्धी भएकाले उनलाई उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको छ।

रवि ओड

रवि ओड सुदूरपश्चिम प्रदेशका प्रतिस्पर्धी हुन्। रविका बुबा रोजगारीका सिलसिलामा भारतमा छन्। रवि पनि रोजगारीकै लागि पटकपटक भारत पुगेका छन्। सानैदेखि गीतसंगीतमा रुचि भएका रवि कञ्चनपुरमा नृत्यक्लास सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका थिए। 

रवि धनगढी अडिसनबाट छानिएका प्रतिस्पर्धी हुन्। लोकगीतमा उत्कृष्ट स्वर दिन सक्ने क्षमता भएका रवि अन्य गीत गाउन पनि उत्तिकै सिपालु छन्। सामान्य आर्थिक अवस्था भएको र स्वर मिठो भएकाले उनलाई शुभचिन्तकको बलियो समर्थन छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्