बुधबार, पुस ९, २०८२

आईसीसी टी–२० विश्वकप

दक्षिण अफ्रिकासँग एक रनमा चुक्यो नेपाल

 |  शनिबार, असार १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार १, २०८१

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ। अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो।

National life

११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो।

४९ बलको सामना गरेका आशिफ शेखले सर्वाधिक ४२ रन जोडे। उनले चार चौका र एक छक्का प्रहार गरेका हुन्। अनिल शाहले ३७ रन जोडे। उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे।

कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमएको हो।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभर बलिङ गर्दा मात्र १९ रन दिएर चार विकेट लिए। एन्ड्रिच नोटरेज र एडेन मार्करामले एकएक विकेट हात पारे।

Laxmi sunrise bank
kumari

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्। ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए।

नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिए। उनले मात्र १९ रन दिएर चार विकेट हात पारे। अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए। सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन्। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए।

समूह ‘डी’को दक्षिण अफ्रिका नेपालसँगको खेल अगाडि नै विश्वकपको सुपर ८ पुगिसकेको छ। चारमा चार जित निकाल्दै आठ अंकका साथ दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ। नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन्।

प्रकाशित: Jun 15, 2024| 08:59 शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्