शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गण्डकीमा 'फ्लोर क्रस' गर्ने देवकोटालाई माओवादीले गर्‍यो कारबाही

गण्डकीमा 'फ्लोर क्रस' गर्ने देवकोटालाई माओवादीले गर्‍यो कारबाही

 |  शुक्रबार, जेठ ३२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई माओवादी केन्द्रले कारबाही गरेको छ। 

National life

प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै देवकोटाको सांसद पद गएको सूचना सुनाएका हुन्।  

गण्डकी प्रदेशसभामा सदस्य एवम् ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।

नेकपा माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लंघन गरेर उनले कांग्रेस दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। जेठ २८ मा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका उनी त्यसको भोलिपल्ट मन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: Jun 14, 2024| 16:23 शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्