आइतबार, असोज २५, २०८३

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित

 |  बिहीबार, जेठ ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३१, २०८१

काभ्रेपलाञ्चोक- नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा तीन सय ८० मत प्राप्त गरी राजन भुर्तेल निर्वाचित भएका छन्। 

अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी भएका हुन्। जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित भए। मतदानमा छ सय ७९ जना सहभागी भएका थिए। धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए। 

जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी एक सय पाँच  जना निर्वाचित भएका छन्। 

प्रकाशित: Jun 13, 2024| 14:14 बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्