मंगलबार, कात्तिक १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रतिकूल मौसमका कारण वेस्ट इन्डिज उड्न पाएन नेपाली क्रिकेट टोली

प्रतिकूल मौसमका कारण वेस्ट इन्डिज उड्न पाएन नेपाली क्रिकेट टोली

 |  बिहीबार, जेठ ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३१, २०८१

काठमाडौं- मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन्। निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा पनि प्रभावित भएको हो।

Kumaribank

अमेरिकाको दक्षिणी क्षेत्र फ्लोरिडामा भारी वर्षा भइरहेकाले सचेत रहन अमेरिकी सरकारले सूचना जारी गरेको छ। यो साताको अन्तिमसम्म वर्षा जारी रहने सम्भावना भएकाले फ्लोरिडा लगायत क्षेत्रमा आँधिबेहरीसहित बाढी आउन सक्ने समेत सचेत गराएको छ।

आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो। वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका छ। भारी वर्षाका कारण मंगलबार श्रीलंका र नेपालबीचको खेल पनि रद्द हुन पुग्दा दुवैले अंक बाँडेका थिए ।

नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

प्रकाशित: Jun 13, 2024| 10:29 बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्