बुधबार, पुस ९, २०८२

बजेटमा जलन उपचार कोषको व्यवस्था हुनुपर्छ : सांसद  कंसाकार

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गरेकी छन्।

National life

प्रतिनिधिसभाको आजको बैठकमा उनले जलनको उपचार र जलनपीडित आगामी आवको बजेटको प्राथमिकतामा नपरेको भन्दै जलन उपचार कोषको व्यवस्था हुनुपर्ने माग गरिन्।

सदनमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद कंसाकारले जलनपीडितलाई अन्य दीर्घरोग, मिर्गौला र क्यान्सरका बिरामीलाई सरह स्रोत साधन र अस्पतालको व्यवस्था गर्न माग गरिन्।

प्रधानमन्त्रीले कैयौँ पटक जलन अस्पताल खोल्ने कुरा गरे पनि बजेटको प्राथमिकतामा पर्न नसक्दा यसले देशभरका जलनपीडितलाई सान्त्वनासम्म दिन नसकेको सांसद कंसाकारले बताइन्।

सांसद कंसाकारले देशभर जलन अस्पताल पर्याप्त नभएको बताइन्। जलनको उपचार केन्द्रमा सीमित र महङ्गो उपचार शुल्कतर्फ समेत ध्यान दिनुपर्ने भन्दै उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 12, 2024| 16:45 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्