मंगलबार, असार ३, २०८२

प्रतिनिधि सभामा आज पनि विनियोजन विधेयकमाथि छलफल

 |  बुधबार, जेठ ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

vianetvianet

काठमाडौं- प्रतिनिधिसभामा मंगलबादेखि प्रारम्भ भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा आज पनि छलफल जारी हुनेछ। प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्नेछ।

विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा मंगलबार छलफल भएको थियो। 

मंगलबारको छलफलमा सांसदहरु सूर्यमान दोङ, तेजुलाल चौधरी, मङ्गलप्रसाद गुप्ता,  रणेन्द्र बराली, डा नारायण खडका, सूर्यप्रसाद ढकाल, रुपा सो.शी.(चौधरी) जाबेदा खातुन जागा, हेमराज राई, कान्तिका सेजुवाल, दयालबहादुर शाही, कुशुम थापा मगर, प्रभु हजारा, शान्ति विक, ईश्वरी घर्ती, देवप्रसाद तिमिल्सिना, सराज अहमद फारुकी, नारायणप्रसाद आचार्य, वासुदेव घिमिरे, बिजुला रायमाझी, अमृतलाल राजवंशी, चन्द्रबहादुर विश्वकर्मा, महेशकुमार बर्तौलाले भाग लिएका थिए। 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ। 

प्रकाशित: Jun 12, 2024| 08:04 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्