मंगलबार, असार ३, २०८२

महिला आरक्षणा ५० प्रतिशत बनाउनुपर्छ: कोइराला

 |  सोमबार, जेठ २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आरक्षणभन्दा पनि आफ्नै खुट्टामा उभिन सक्ने नेतृत्व अहिलेको आवश्यकता भएको बताएका छन् । 

सोमबार गौशालास्थित अनुपम होटलमा भएको कांग्रेस नेतृ शैलजा आचार्यको १५ स्मृति दिवसमा बोल्दै उनले ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत महिला आरक्षण बनाए पनि केही आपत्ति नहुने उल्लेख गरे। तर, जिम्मेवारी पाएपछि काम गरेर देखाउने हैसियत बनाउनुपर्नेमा उनले जोड दिए।

'टिकट दिएपछि पैसा चाहिन्छ। आफ्नै खुट्टामा उभिएर काम गर्नुपर्छ। सपना नदेखी राजनीति कसरी गर्नुहुन्छ?' उनले प्रश्न गरे। 

नेता कोइरालाले नेतृ शैलजा आचार्यको फोटो नेतृत्वको शीर्ष पंक्तिमा नदेखिएकोमा समेत आपत्ति जनाए। उनले शैलजाको फोटो शीर्ष नेतृत्वको चौथो स्थानमा हुनुपर्ने धारणा राखे। 'म अचम्म पर्छु किन उहाँलाई सम्मान कम गरिन्छ, उहाँको फोटो बीपीहरूको लाइनमा चौथो नम्बरमा हुनुपर्छ,' उनले भने। 
 

प्रकाशित: Jun 10, 2024| 17:16 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्