बुधबार, पुस ९, २०८२

भारतसँग पाकिस्तान ६ रनले पराजित

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

अमेरिकामा जारी आइसिसी टी-२० विश्वकप अन्तर्गत आइतबार पाकिस्तान भारतसँग पराजित भएको छ।

National life

समूह चरणको दोस्रो खेलमा भारतलाई ११९ रनमा अल आउट गरेको पाकिस्तान ६ रनले पराजित भएको हो।

१२० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले बनाएको ३१ रन सर्वाधिक रह्यो। उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

कप्तान बाबर आजम, उस्मान खान र फखर जमन १३/१३ रन बनाएर आउट भएका थिए। इमाद वासिमले २३ बलमा १ चौका हानेर १५ रन जोडे।
बलिङतर्फ जस्प्रित बुमराहले ३, हार्दिक पाण्ड्याले २ तथा अर्शदीप सिंह र अक्षर पटेलले १/१ विकेट लिए। भारतलाई १९ ओभरमा अल आउट गर्ने क्रममा नसीम शाह र हरिश रौफले ३/३ विकेट लिए।

मोहम्मद अमिरले २ तथा शाहिन शाह अफ्रिदीले १ विकेट लिए। भारतका ओपनर विराट कोहली ४ रनमा आउट भए। कप्तान तथा अर्का ओपनर रोहित शर्मा १३ रनमा आउट भए।

Laxmi sunrise bank
kumari

भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रन बनाए। उनले ३१ बलमा ६ चौका प्रहार गरे। अक्षर पटेलले १८ बलमा २ चौका र १ छक्का प्रहार गरी २० रन जोडे।अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

समूह चरणमा पाकिस्तान लगातार दुई खेलमा पराजित हुन पुगेको छ। पहिलो खेलमा पाकिस्तान आयोजक अमेरिकासँग पराजित भएको थियो। यो सँगै पाकिस्तानको अन्तिम आठ सम्भावना कठिन बनेको छ।

पहिलो खेलमा भारतले आयरल्याण्डलाई पराजित गरेको थियो। दुई खेल जितेको भारत समूहको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा अमेरिका, तेस्रोमा क्यानडा, चौथोमा पाकिस्तान र पाचौंमा आयरल्याण्ड छन्।
 

प्रकाशित: Jun 10, 2024| 07:19 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्