शनिबार, भदौ ६, २०८३

भारत र पाकिस्तानको खेल वर्षाले प्रभावित 

 |  आइतबार, जेठ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

आईसीसी ट्वान्टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले एक ओभर ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको छ। एक ओभरको खेल हुँदा भारतले विकेट नगुमाई आठ रन बनाएको छ।

वर्षाकै कारण खेलको टस करिब १५ मिनेट ढिलो भएको थियो। प्रतियोगिताको समूह ‘ए’मा रहेका दुवै टिमको यो दोस्रो खेल हो। यसअघि पहिलो खेलमा सहआयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ। पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ।

भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ। पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ।

प्रकाशित: Jun 09, 2024| 21:40 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्