बुधबार, पुस ९, २०८२

विश्वकपमा आज भारत र पाकिस्तानको खेल

 |  आइतबार, जेठ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

काठमाडौं- अमेरिकामा जारी आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ।

National life

नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८:१५ बाट शुरू हुनेछ। भारत र पाकिस्तानबीच टी-२० विश्वकपमा यो आठौं खेल हुनेछ। हालसम्मका सात खेलमध्ये भारतले ६ वटा जितेको छ भने पाकिस्तानले एकमात्र जितेको छ। पाकिस्तानले सन् २०२१ को टी-२० विश्वकपमा भारत विरुद्ध १० विकेटको सानदार जित हात पारेको थियो।

यस विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्ड विरुद्ध जित हात पारेको थियो। पाकिस्तान भने संयुक्त राज्य अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो। जसकारण अहिले पाँच टोली सम्मिलित समूहमा पाकिस्तान चौथो स्थानमा छ। ‘सुपर एट’ चरणमा पुग्न पाकिस्तानले आजको खेल जित्नैपर्ने दबाबमा हुनेछ।

भारत भने अंक तालिकामा दोस्रो स्थानमा छ। आजको खेल जितेमा भारत ‘सुपर एट’ को नजिक पुग्नेछ। तर, भारत-पाकिस्तानबीचको बहुप्रतीक्षित खेलका दौरान वर्षाको सम्भावना समेत छ।

प्रकाशित: Jun 09, 2024| 08:04 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्