बुधबार, पुस ९, २०८२

साविक विजेता इंग्ल्यान्डलाई अस्ट्रेलियाले हरायो

 |  आइतबार, जेठ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

काठमाडौं- अमेरिकामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा अस्ट्रेलियाले साविक विजेता इंग्ल्यान्डविरुद्ध ३५ रनको जित निकालेको छ।

National life

शनिबार राति ब्रिजटाउनमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो।

इंग्ल्यान्डका कप्तान जस बटलरले २८ बलमा पाँच चौका र दुई छक्कासहित ४२ रन बनाए पनि टिमको हार टार्न सकेनन्। ओपनर फिल साल्टले ३७ रन थपे। बटलर र साल्टले ७.१ ओभरमा पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। तर, यसपछिका ब्याटरले यो लयलाई कायम राख्न नसक्दा इंग्ल्यान्ड १६५ रनमै रोकिन पुग्यो।

यसबाहेक मोइन अलीले २५, ह्यारी ब्रुकले २० र विल ज्याकले १० रन थपे। अस्ट्रेलियाका प्याट कुमिन्स र एडम जाम्पाले समान दुई विकेट लिए। जस हेजलवुड र मार्कुस स्टोइनिसको नाममा एक–एक विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको थियो। जारी विश्वकपमा २०० रनको योगफल पार गर्ने अस्ट्रेलिया पहिलो टिम बन्यो।

Laxmi sunrise bank
kumari

अस्ट्रेलियाका ओपनर डेविड वार्नरले सर्वाधिक ३९ रन बनाए। कप्तान मिचेल मार्सले ३५ रन थप्दा अर्का ओपनर ट्राभिस हेडले ३४ रन बनाए। ओपनरद्वय वार्नर र हेडले पाँच ओभरमा ७० रनको साझेदारी गर्दै अस्ट्रेलियालाई आक्रामक सुरुआत दिलाएका थिए।

मार्कुस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८, म्याथ्यु वेडले १७ र टिम डेविडले ११ रन जोडे।

इंग्ल्यान्डका क्रिस जोर्डनले दुई विकेट लिए। मोइन अली, जोफ्रा आर्चर र लियम लिभिङस्टोनले एक–एक विकेट लिए।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको अस्ट्रेलिया चार अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। अस्ट्रेलियाले यसअघि पहिलो खेलमा ओमानविरुद्ध ३९ रनको जित निकालेको थियो।

समान खेलबाट एक अंक जोडेको इंग्ल्यान्ड तालिकाको चौथो स्थानमा छ। यसअघि इंग्ल्यान्डको पहिलो खेल वर्षा कारण नतिजाविहीन टुंगिएको थियो।

प्रकाशित: Jun 09, 2024| 07:35 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्