मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : एमाले उपाध्यक्ष पोखरेल

एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : एमाले उपाध्यक्ष पोखरेल

 |  शुक्रबार, जेठ २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१

vianetvianet

काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा रहेको बताएका छन्।

गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धि, विकास र राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धनमा सामेल भएको उल्लेख गरे। ‘यसअघिको सत्ता गठबन्धनले देशको हित गर्दैन भन्ने हाम्रो बुझाइ थियो। अहिलेको गठबन्धन निरन्तरता आवश्यक छ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्याप्त छलफल हुन नसकेको सवाल उठे पनि एमाले बजेटलाई समर्थन र कार्यान्वयन गरेर जाने पक्षमा रहेको स्पष्ट पारे। 

फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे नेपालको संविधान, पार्टीको विधान, अन्तर्राष्ट्रिय अभ्यास, सम्बन्धित पार्टीका आम कार्यकर्ताको बुझाइ तथा सम्बन्धित व्यक्तिको रुची के छ भन्ने आधारमा हेर्नुपर्ने बताए।

प्रकाशित: Jun 07, 2024| 19:22 शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्