सोमबार, असार २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने

 |  शुक्रबार, जेठ २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१

vianetvianet

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यस विषयमा पर्याप्त छलफल भइसकेकाले अब कुनै दुविधा नरहेको बताए। 

उनले भने, ‘गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदैछ‍ौं। यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भने एक महिनामा सम्भवत अध्ययन समित बनाउनेछौँ।’
    
गृहमन्त्री लामिछानेले गाँजासम्बन्धी कानुन बनाउँदा सामाजिक परिवेशलगायत नियमनको पाटोमा पनि जोड दिने बताउनुभयो। उहाँले लागुऔषध दुर्व्यसनीमा फसेका र लागूऔषध ओसारपसारमा लागेकालाई फरक तरिकाले हेरिने भन्दै यसबारेमा पनि अध्ययन भइरहेको जानकारी दिए।

‘कोही कानुनी अनभिज्ञताका कारणले पनि जेल बसेका छन्। जनचेतनाको अभावले पनि दुव्र्यसनी तथा ओसारपसारमा लागेका छन्। यसबारेमा पनि गहिरिएर अध्ययन गर्दैछौं’, गृहमन्त्री लामिछानेले भने।

प्रकाशित: Jun 07, 2024| 15:48 शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्