सोमबार, असार २, २०८२

२०८४ मा कांग्रेस एक्लै चुनाव लडेर बहुमतको सरकार बनाउँछ: निधि

 |  शुक्रबार, जेठ २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१

vianetvianet

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र वितृष्णा पैदा भएको बताएका छन् । पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभर नै छलफल र भेटघाटको काम अघि बढाइएको बताए।

आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'पार्टीभित्रको समस्याहरू समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ ।' उनले पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारको आधारमा समाधान गर्नुपर्ने बताए । 'विचार केन्द्रित राजनीति गर्न आवश्यक छ,' उनले भने, 'त्यसो गरेको खण्डमा समाधान हुन्छ।'

पार्टीभित्रका समस्या समाधान गर्दै ०८४ को चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतको सरकार बनाउने गरी अग्रसर हुने बताए । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेको बताए ‌।

यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरेर गए पनि त्यो टिक्न नसकेको उनले बताए। पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री प्रचण्ड त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनको भनाइ छ।

निधि कर्णालीको जिल्लाहरूमा जाने र पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्न कर्णालीमा आएका हुन् ।

प्रकाशित: Jun 07, 2024| 10:27 शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्