बुधबार, पुस ९, २०८२

विश्वकप क्रिकेट : भारतले आयरल्याण्डलाई आठ विकेटले हरायो

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१

काठमाडौं- भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ। 

National life

अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो। 

आयरल्यान्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ३७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५२ रन बनाएका हुन्। त्यस्तै ऋषभ पन्तले ३६ रन जोडे।

आयरल्यान्डका लागि मार्क आदिर र बने ह्वाइटले समान एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटिएको थियो। आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रनको योगदान दिए भने जोश लिटिलले १४, कर्टियस क्याम्परले १२ तथा लोर्कन टकरले १० रन बनाए।

भारतका हार्दिक पाण्डेयाले तीन विकेट लिँदा अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई दुई विकेट लिए। त्यस्तै मोहम्मद सिराज र अक्षर पटेलले एक एक विकेट लिए।  

Laxmi sunrise bank
kumari

विश्वकपमा भारत र आयरल्यान्ड समूह ‘ए’ मा  छन्। उनीहरुको समूहमा अमेरिका, क्यानडा र पाकिस्तान रहेका छन्। यसै समूहको अर्को खेल आज राति ९:१५ बजे पाकिस्तान र अमेरिकाबीच  हुनेछ। प्रतियोगिताअन्तर्गत अहिले पपुवा न्यूगिनी र युगान्डबीच प्रतिस्पर्धा भइरहेको छ।  

प्रकाशित: Jun 06, 2024| 07:37 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्