बुधबार, पुस ९, २०८२

सुमनाप्रतिको टिप्पणीमा ओलीलाई रविले दिए यस्तो जवाफ

 |  बुधबार, जेठ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २३, २०८१

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षामन्त्री सुमना श्रेष्ठलक्षित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन्। 

National life

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीर रूपमा आपत्ति जनाएको बताए।

लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएकाले त्यसलाई अरूले सम्मानबाहेक केही गर्न नसक्ने बताए। ओलीप्रति लक्षित गर्दै उनले अन्तरदेशीय विवाह पितृसत्तालाई मन नपरेको बताए। "पितृसत्ताले गाँजेको यो समाजमा हिजो अन्तरजातीय विवाहका लागि लड्नुपर्ने थियो। आज देश विदेश फैलिएर अन्तरदेशीय विवाह पनि हुने गरेको छ। तर, पितृ सत्तालाई यो मन परेको छैन। त्यसैले कयौँ टिप्पणीहरु आउने गरेका छन्। शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भिर आपत्ति जनाएका छौँ," उनले भने।

अध्यक्ष ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षामन्त्री श्रेष्ठलाई लक्षित गरी टिप्पणी गरेका थिए।
 

प्रकाशित: Jun 05, 2024| 19:43 बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्