मंगलबार, जेठ १९, २०८३

विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग पराजित

 |  बुधबार, जेठ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २३, २०८१

काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेपाल पराजित भएको छ।

National life

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपालले नेदरल्याण्डससँग ६ विकेटको हार बेहोरेको हो।

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्डसले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनिङ ब्याटर म्याक्स ओ'डाउडले अर्धशतक प्रहार गरे। उनले नटआउट ५४ रन प्रहार गर्ने क्रममा  ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

त्यसअघि अर्का ओपनर माइकल लेभिटलाई सोमपाल कामीले दोस्रो ओभरमा १ रनमै आउट गरेका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरीले विक्रमजित सिंहलाई नवौं ओभरमा २२ रनमा एलबिडब्लूको धरापमा पारेका थिए। 

खेलमा नेपालका कप्तान रोहित पौडेलले १८औं ओभरमा ओ'डाउडको क्याच मिस गरेका थिए। त्यतिबेला उनी ४१ रन बनाएर खेलिरहेका थिए। 

Shivam cement

बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले १-१ विकेट लिए।

प्रकाशित: Jun 05, 2024| 01:15 बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्