शनिबार, भदौ ६, २०८३

नेदरल्यान्ड्सले टस जित्यो, ब्याटिङमा उत्रियो नेपाल

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

काठमाडौं- आइसिसी टी–२० विश्वकप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ। 

अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रिएरी खेलमैदानमा टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ।

नेपाली समयअनुसार पौने नौ बजेबाट नै सुरु हुनुपर्ने खेलमा केही ढिलाइ भएको छ। आज बिहानभर प्रिएरी खेलमैदान क्षेत्रमा पानी परेकाले मैदान भिजेर गिलो हुँदा टसमा ढिलाइ भएको हो।

यी दुवै टोलीले समूहको पहिलो खेलमा जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहन्छन्। नेपालको समूहमा टेस्ट खेल्ने राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्।

नेपालको तुलनामा नेदरल्यान्ड्सको विश्वकपमा अनुभव धेरै छ। उसको यो छैटौँ विश्वकप सहभागिता हो। नेपालले भने सन् २०१४ मा विश्वकपमा डेब्यु गरेको थियो। त्यसयता नेपालको दोस्रो सहभागिता हो।

प्रकाशित: Jun 04, 2024| 21:57 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्