मंगलबार, जेठ १९, २०८३

मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सांसद्‍को सुझाव

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले आसन्न मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिको आकलन गरी न्यूनीकरण र रोकथामका योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न माग गरेका छन्।

National life

बैठकमा नेपाल कम्युनिष्ट (एमाले) का रघुजी पन्तले बाढी र पहिरोबाट हुन सक्ने क्षतिको प्रक्षेपण सार्वजनिक भसकेकाले त्यसको रोकथामको योजना बनाएर कार्यान्वयन गर्न माग गरे।

सोही दलका  मानवीर राईले सोलुखुम्बुमा बाढी, पहिरो र हिमपहिरोको जोखिम भएकाले रोकथामको पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई आग्रह गरे। नेकपा एमालेकै मनबहादुर गुरुङले हुरी र वर्षाबाट कास्कीको रुपा गाउँमा भएको क्षति भएको र पीडितलाई सघाउन सरकारको ध्यानाकर्षण गराए।

सोही दलका भीम आचार्यले सुनसरीको इनरुवा हुँदै भण्टाबारी जाने रेलमार्गका लागि तोकिएको मुआब्जा नपाउँदा स्थानीयवासी प्रभावित भएका बताए। एमालेकै महेश बर्ताैलाले मकवानपुरको दामन र सिमभञ्याङ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बजेट विनियोजन हुनुपर्ने माग गरे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  माधव सापकोटाले वर्षायाम सुरु हुन लागेकाले तातोपानी नाका स्तरोन्नतिका लागि चीनसँग भएको सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराए।

Shivam cement

नेपाली कांग्रेसका रामहरि खतिवडाले मध्यपहाडी राजमार्गको घुर्मी पुल वर्षायाम प्रारम्भ हुनुअघि  बनाउन माग गरे। सोही दलका मैना कार्कीले भेरी करिडोरको स्तरोन्नति र पुल निर्माण गर्न विलम्ब भएको बताए।

माओवादी केन्द्रका मीना तामाङले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य टुट्न नहुनेमा जोड दिइन्। एमालेका मेनुकाकुमारी पोखरेलले दाङको आगलागीबाट क्षति भएकाहरुलाई क्षतिपूर्ति दिन माग गरिन्। एमालेकै सांसद रणकुमारी बलम्पाकीले शिक्षक दरबन्दी व्यवस्थापन मिलाउन आग्रह गरिन्।

नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले गोप्य सूचना  बेचेको भनेर उपप्रधानमन्त्री एवं गृहमन्त्रीले संसदमा लगाएको आरोपको पुष्टि हुनुपर्ने माग गरे। सो समयमा मंगलप्रसाद गुप्ता, माओवादी केन्द्रका रणेन्द्र बराइली कांग्रेसका रामनाथ अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की, कांग्रेसका राजेन्द्र बजगाईँ र रुपा बिक, एमालेका रुक्मिणी राणा बराइली, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले समसामयिक विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: Jun 04, 2024| 14:40 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्