बुधबार, माघ २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप हेर्न काठमाडौंका तीन ठाउँमा ठूला स्क्रिन, साथमा कन्सर्ट पनि 

विश्वकप हेर्न काठमाडौंका तीन ठाउँमा ठूला स्क्रिन, साथमा कन्सर्ट पनि 

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा टी-ट्वान्टी विश्वकप क्रिकेट खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

National life

नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ। खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन्। महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

यी स्थानहरूमा खेल हेर्न कुनै शुल्क तिर्नु नपर्ने महानगरले जानकारी दिएको छ। प्रदर्शनस्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ।

टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति पनि रहने महानगरले जानकारी दिएको छ।

प्रकाशित: Jun 04, 2024| 07:33 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्