मंगलबार, जेठ १९, २०८३

टी-ट्वान्टी विश्वकपमा नेपालको पहिलो खेल आज

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

काठमाडौं- आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दैछ।

National life

समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो। 

अमेरिकाको ग्राण्ड प्राइरी क्रिकेट स्टेडियम डालसमा हुने दुई देशबीचको खेल नेपाली समयअनुसार राति सवा ९ बजे शुरू हुनेछ। 

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन्। नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ। यी दुई खेल अमेरिकामा हुनेछन्। 

नेपालले बाँकी दुई खेल भने वेस्ट इन्डिजमा खेल्नेछ। जसअन्तर्गत १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ। 

Shivam cement

नेपालले दक्षिण अफ्रिका र श्रीलंकासँग पहिलोपटक खेल्न लागेको हो। बंगलादेशसँग भने नेपालले सन् २०१४ को विश्वकपमै खेलेको थियो। नेदरल्याण्ड्सँग भने नेपालले पटकपटक म्याच खेलिसकेको छ। 

नेपाल हाल टी–२० अन्तर्राष्ट्रियको वरीयतामा १६औं स्थानमा छ। यस्तै, दक्षिण अफ्रिका छैटौं, श्रीलंका आठौं, बंगलादेश दसौं र नेदरल्यान्ड्स १२ औं स्थानमा छन्।  

टी–२० विश्वकपमा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दै छन्। नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान बनाएको हो। यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो।

प्रकाशित: Jun 04, 2024| 06:45 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्