मंगलबार, जेठ १९, २०८३

टी-२० विश्वकपका सबै टोलीले पाउँछन् पुरस्कार, विजेतालाई कति ?

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

काठमाडौं- अमेरिका र वेस्ट इन्डिजमा भइरहेको आइसिसी टी-२० विश्वकपको नवौं संस्करणका विजेताले कम्तिमा २.४५ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएका छन्।

National life

अहिलेको विनिमय दरअनुसार यो रकम नेपालीमा ३२ करोड ५६ लाख रूपैयाँभन्दा बढी हुन्छ।
नेपालसहित २० टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको फाइनल बार्बाडोसको किङ्गटनमा हुँदैछ। फाइनलमा पराजित हुने टोलीले पनि १.२८ मिलियन डलर प्राप्त गर्नेछन्। सेमिफाइनलमा हार्ने टोलीले ७ लाख ७८ हजार डलर प्राप्त  गर्नेछन्। 

प्रतियोगिताको कुल पुरस्कार राशी ११.२५ मिलियन डलर रहेको छ। सुपर-८ बाट बाहिरिने चार टोलीले ३ लाख ८२ हजार डलर प्राप्त गर्नेछन्। नवौं, १०औ, ११औं र १२औं स्थानमा रहने प्रत्येक टोलीले पनि २ लाख ४७ हजार डलर प्राप्त गर्नेछन्। १३औं देखि २०औं स्थानमा रहने सहभागी टोलीले २ लाख २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। प्रत्येक टोलीले सेमिफाइनल र फाइनल बाहेक प्रत्येक खेल जित्दा अतिरिक्त ३१ हजार १५४ डलर प्राप्त गर्नेछन्।  

प्रतियोगितामा नेपाल समूह ‘डी’ छ। नेपालले प्रतियोगिता खेल्नुअघि नै कम्तिमा २ लाख २५ हजार अमेरिकी डलर (झन्डै ३ करोड रुपैयाँ) पाउने पक्का भइसकेको छ। एक खेल जिते थप ४१ लाख रूपैयाँ प्राप्त गर्नेछ।

५५ खेल हुने यो प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकाका नौ रंगशालामा २८ दिनसम्म हुँदैछ। 

Shivam cement

प्रकाशित: Jun 03, 2024| 19:45 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्