सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

संसद्का दुवै सदनमा आज पनि बजेट छलफल

 |  सोमबार, जेठ २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

काठमाडौं- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो। 

triton college

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ । 

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठक मध्याह्न १२ : १५ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित: Jun 03, 2024| 05:43 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्