बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गृहमन्त्री लामिछाने विरुद्धको मुद्दालाई सर्वोच्चको अग्राधिकार, अर्को सुनुवाइ जेठ २८ गते

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दालाई सर्वोच्चको अग्राधिकार, अर्को सुनुवाइ जेठ २८ गते

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१

काठमाडौं-  सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध दायर भएको रिटलाई अग्राधिकार दिएको छ। 

National life

इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै जेठ २८ गतेका लागि अर्को सुनुवाइको पेशी पनि तोकेको छ। सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै अर्को पेशी तोकेको हो।

गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो।

उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेल विरुद्धको रिट निवेदन दर्ता भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 02, 2024| 17:06 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्