आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मालपोत र नापी कार्यालयमा तालाबन्दी भएपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

मालपोत र नापी कार्यालयमा तालाबन्दी भएपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१

स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीमामा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन्।

आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरू तालाबन्दीमा उत्रिएका हुन्। सरकारले पटकपटक आफूहरूसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेकाकारण दबाबस्वरूप तालाबन्दी गर्नु परेको गुठीपीडित किसान संघर्ष समितिको भनाइ छ।

तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरूले घेरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेपछि केही आन्दोलनकारी घाइतेसमेत भएका छन्।

प्रकाशित: Jun 02, 2024| 11:38 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्