आइतबार, भदौ ७, २०८३

टी-२० विश्वकप सुरु, नेपालको पहिलो खेल मंगलबार

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१

आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ। उद्घाटन खेलमा क्यानडा र अमेरिकाले खेलेका छन्।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा भएको पहिलो खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ गरेको छ।

दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन्। अमेरिका आयोजक हुँदा सिधै छनोट भएको हो भने क्यानडा छनोट खेल जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो।

नेपालले भने मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ। समूह डी मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन्।

समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन्। समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान र युगाण्डा छन्।

हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन्। सुपर ८ मा दुई समूह हुनेछन्। जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

प्रकाशित: Jun 02, 2024| 06:54 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्