बुधबार, पुस ९, २०८२

चार दिनदेखि मनाङमा एक युवक सम्पर्कविहीन

 |  शनिबार, जेठ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

मनाङ- मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन्। ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्।  

National life

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। 

सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ। 

प्रजिअ लामिछानेले भने, ‘ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ।’

प्रकाशित: Jun 01, 2024| 09:45 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्