आइतबार, भदौ ७, २०८३

धनुषामा गहुँ उत्पादनमा कमी

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

जनकपुरधाम- धनुषामा गहुँको उत्पादनमा कमी आएको छ। जिल्ला कृषि ज्ञान केन्द्र धनुषा, जनकपुरधामका अनुसार चालु आर्थिक वर्षमा ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा गहुँखेती गरिएकामा ५७ हजार पाँच सय मेट्रिकटन गहुँ उत्पादन भएको छ।

गत वर्ष भने ३४ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकामा एक लाख १५ हजार ६ सय मेट्रिकटन उत्पादन भएको थियो। दुवै आर्थिक वर्षबीचको तुलना गर्दा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा १८ हजार चारसय ५० मेट्रिकटन गहुँ कम उत्पादन भएको छ। यसबाट किसानलाई ७३ करोड ८० लाख घाटा भएको छ। अहिले प्रतिक्विन्टल पाँच हजारको दरले गहुँ बिक्री वितरण भइरहेको छ।

यसवर्ष गहुँखेतीको क्षेत्रफलमा आएको कमी तथा मल र पानीको अभावका कारण गहुँ उत्पादनमा ह्रास आएको कार्यालयका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए। रासस

प्रकाशित: May 31, 2024| 17:40 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्