बुधबार, पुस ९, २०८२

मनाङमा सामाजिक विकासतर्फका ६ आयोजना सम्पन्न

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

मनाङ- मनाङमा चालु आर्थिक वर्षको हालसम्म सामाजिक विकासका छ आयोजना सम्पन्न भएका छन्।   चालु आर्थिक वर्ष २०८०/८१ मा विषयगत क्षेत्रका कूल सात आयोजनामध्ये छ आयोजना सम्पन्न भएका हुन्। जसमा मठ, मन्दिर, गुम्बा, सामुदायिक भवन, खेल मैदानलगायतका आयोजना रहेका छन्। एउटा आयोजना अन्तिमचरणमा रहेको सामाजिक विकास कार्यालयले जनाएको छ। 

National life

सामाजिक विकास कार्यालयका प्रमुख नारायणप्रसाद बास्तोलाले निर्माणाधीन ती आयोजनाका लागि विनियोजित बजेटमध्ये कूल ८६ प्रतिशत रकम खर्च बताए।  
    
क्षेत्रगतमा शिक्षातर्फ दुई, भाषा, साहित्य, संस्कृति र सम्पदा क्षेत्रमा तीन, बालबालिका तथा किशोरकिशोरीको क्षेत्रमा तीन, लैङ्गिक समानता तथा महिला सशक्तीकरणतर्फ छवटा कार्यक्रम र एउटा आयोजना, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सामाजिक सङ्घ संस्थातर्फ एक/एकवटा कार्यक्रम रहेका थिए। चालु आवमा सामाजिक सुरक्षा तथा संरक्षण, श्रम तथा रोजगारी, विज्ञान तथा प्रविधि र मानव बेचबिखन तथा ओसारपसार र हिंसा नियन्त्रणजस्ता क्षेत्रमा कुनै आयोजना तथा कार्यक्रममा बजेट विनियोजन नभएको उनले बताए। 

चालु आवमा यहाँका तीनवटा कृषि फार्मले रु एक लाखका दरले अनुदान रकम प्राप्त गरेका छन् भने विभिन्न क्षेत्रमा योगनान पुर्‍याएका व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको छ। नाँसो गाउँपालिका–७ का मनु गुरुङ साहसिक पर्यटन क्षेत्र र नाँसो–१ तालगाउँका कान्छी गुरुङलाई उद्यमशीलता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएकोमा सम्मान तथा पुरस्कृत गरिएका थियो। 

चालु कार्यक्रमतर्फ महिला, बालबालिका, दलित, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, शिक्षक तथा विद्यार्थीलगायत क्षेत्रका कूल १४ कार्यक्रम छनोट भएकामा नौ कार्यक्रम सम्पन्न भइसकेको कार्यालय प्रमुख बास्तोलाले जानकारी दिए। उनका अनुसार तीनवटा कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन्।
    
‘जिल्लागत विविधता तथा कठिनाइका कारण दुईवटा कार्यक्रम कार्यान्वयन गर्न नसकिने अवस्थामा छन्। चालु कार्यक्रमतर्फ कूल रु २५ लाख ७५ हजार विनियोजन भएको छ। विनियोजित बजेटमध्ये हालसम्म कूल ६३ प्रतिशत रकम खर्च भइसकेको छ। चालु तथा पुँजीगतसहित करिब ८० प्रतिशत रकम खर्च भएको छ’, कार्यालयले दिएको विवरणमा उल्लेख छ। 

प्रकाशित: May 31, 2024| 15:22 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्