बिहीबार, पुस १०, २०८२

हुरीले उडाएको जस्ताले लाग्दा १०७ वर्षीय साहको मृत्यु

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

National life
Laxmi sunrise bank
kumari

वीरगञ्ज (पर्सा)- हुरीबताससहितको बिहीबारको वर्षाले १०७ वर्षीय वृद्धको ज्यान गएको छ। विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर ज्यान गएको हो। घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए। हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन्।
घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन्। उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन्। सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन्। हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ। जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 31, 2024| 12:05 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्