बिहीबार, पुस १०, २०८२

जलजलेमा भेटिएला पेट्रोलियम पदार्थ ?

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौं कामदार एवं प्राविधिक जुटेका छन्।

National life

उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ। ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए। चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो।

 

प्रकाशित: May 31, 2024| 11:56 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्