बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मेयर बालेनको प्रश्न- पार्किङले ओगट्ने ठाउँमा फुटपाथ बनाउँदा साँघुरो कसरी हुन्छ ?

मेयर बालेनको प्रश्न- पार्किङले ओगट्ने ठाउँमा फुटपाथ बनाउँदा साँघुरो कसरी हुन्छ ?

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाका  मेयर बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्।

National life

‘न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्,’ शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर गाडी गुड्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी गुड्नै साँघुरो हुने कसरी हुन्छ?’

उनले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख मानिस आवतजावत गर्ने सडक फुटपाथ कत्रो चाहिन्छ हेर्न पनि आग्रह गरेका छन्। सडक विभागले त्यो मापदण्ड पालना गर्न बनाएको हो कि होइन भन्ने पनि सोध्नुपर्ने उनको भनाइ छ। मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको हो।

‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ,’ उनले भनेका छन्। विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन जुट्नुपर्ने मेयर शाहको भनाइ छ।

काठमाडौं महानगरले न्यूरोड क्षेत्रका सडक बिनाअनुमति काटेको भन्दै सडक विभागले महानगरलाई पत्र पठाएको छ। यही कारण महानगर र सडक विभागबीच विवाद देखिएको हो। गत जेठ १२ गते महानगरले चक्रपथ विस्तारको काम ढिलासुस्ती भएको भन्दै सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 31, 2024| 11:45 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्