आइतबार, भदौ ७, २०८३

बालिका बलात्कारी किशोरलाई आठ वर्ष कैद

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

सप्तरी- सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई आठ वर्षको कैद सजाय सुनाएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले रु ५० हजार क्षतिपूर्ति, रु ३६ हजार तीन सय ३३ जरिवानाको फैसला गरेको छ।

विद्यालय पढ्न गएकी बालिका (परिवर्तित नाम-१६५)लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबीहोटलमा लगेर बलात्कार गरेका थिए। पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनःउजुरी दर्ता गरेको थियो। 

आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए। जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो। 

प्रकाशित: May 31, 2024| 08:30 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्