आइतबार, भदौ ७, २०८३

जबर्जस्ती यौन क्रियाकलापमा लगाइएका तीन जनाको उद्धार

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

चितवन- भरतपुर महानगरपालिका-७ बाट यौन क्रियाकलापमा लगाइएका दुई नाबालिकासँगै तीन जनाको उद्धार गरिएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गेट अगाडि सञ्चालनमा रहेको ‘न्यू फेमिली होटल एण्ड लज’बाट उनीहरुको उद्धार गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार उद्धार गरिएका महिलालाई संरक्षण केन्द्रमा राखिएको छ। उद्धार गरिएका दुई नाबालिका १५ वर्षका छन् भने एक महिला ३० वर्षकी छन्। रोजगारी लगाइदिने भन्दै उनीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराइएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ। होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो। अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ। 

ढकाललाई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेकालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरिएको प्रनाउ रिजालले बताए।

प्रकाशित: May 31, 2024| 06:00 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्