शुक्रबार, जेठ ३०, २०८२

३४.४ डिग्री पुग्यो काठमाडौंको तापक्रम

 |  बिहीबार, जेठ १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

vianetvianet
National life insurance

काठमाडौं- काठमाडौं उपत्यकाको अधिकतम तापक्रम आज बिहीबार ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि यही जेठ ११ गते पनि काठमाडौंको तापक्रम यस वर्षकै उच्च ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो । 

आज नेपालगञ्जको अधिकतम तापक्रम यो वर्षकै बढी मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस मापन गरिएको छ। 

यसअघि यस वर्षको सबैभन्दा उच्च तापक्रम भैरहवामा वैशाख ८ मा ४३.६ डिग्री सेल्सियस मापन गरिएको थियो। बिहीबार धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ। बुधबार धनगढीको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस मापन गरिएको थियो।
 

प्रकाशित: May 30, 2024| 19:35 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्