शुक्रबार, जेठ ३०, २०८२

गृह मन्त्रालयद्वारा प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

 |  बिहीबार, जेठ १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

vianetvianet

काठमाडौं- सरकारले सुरक्षाकर्मीको उमेरहद अध्ययन गर्न कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो। 

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन शाखाका उपसचिव र मन्त्रालयले तोकेको सुरक्षा विज्ञ सदस्य छन्। गृह मन्त्रालयका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे कार्यदलको सदस्यसचिव छन्।

समितिलाई मौजुदा ऐन, नियमको अध्ययन गरी अन्य मुलुकका अभ्याससमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा गरेको थियो। बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइने उल्लेख गरे।

प्रकाशित: May 30, 2024| 17:02 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्