मंगलबार, जेठ १९, २०८३

सुर्खेत जीप दुर्घटनाका मृतकको पहिचान खुल्यो

 |  बिहीबार, जेठ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।

National life

सुर्खेत–दैलेख खण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भई मृत्यु हुनेमा ३ जना कालीकोट शुभकालिका–३ भर्ताका रहेका छन् भने एकजना दैलेख भैरवी गापा–४ का रहेका प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कालीकोट शुभकालिका–३ भर्ताका ४५ वर्षका तन्त बिक, उनका २१ वर्षका छोरा बिरेन्द्र बिक, २७ वर्षका नमराज बिक रहेका छन्। त्यस्तै दैलेखको भैरवी गाउँपालिका–४ का वर्ष ३४का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरु कालीकोट शुभकालिका–३ का नरि बिक र कालीकोट खाँडाचक्र नपा–९ पाखाका नरेन्द्र बिष्ट (चालक) रहेका छन्।

घाइतेहरुको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। जीप बिहीवार बिहान २ बजे दुर्घटना हुँदा सडकबाट ३ सय मिटर तल खसेको थियो।

Shivam cement

प्रकाशित: May 30, 2024| 10:31 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्