मंगलबार, जेठ १९, २०८३

१६ जिल्लाका सिडिओसहित २५ सहसचिवको सरुवा [सूचीसहित]

 |  बुधबार, जेठ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १६, २०८१

काठमाडौं- सरकारले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ।

National life

गृह मन्त्रालयले बुधबार सुनसरी, कास्की, चितवन, मकवानपुर, सप्तरी, सर्लाहीलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो।

सुनसरीका सिडिओ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने त्यहाँ रामचन्द्र तिवारीलाई सिडिओको जिम्मेवारी दिइएको छ। 

त्यस्तै मकवानपुरका सिडिओ सूर्यप्रसाद सेढाईलाई काभ्रे सरुवा गरिएको छ भने तिनको ठाउँमा तीर्थराज चिलुवालाई पठाइएको छ। त्यस्तै चितवनका सिडिओ भुपेन्द्र थापालाई सिन्धुपाल्चोक सरुवा गरिएको छ भने त्यहाँ इन्द्रदेव यादवलाई पठाइएको छ। त्यस्तै कास्कीका सिढिओ बासुदेव घिमिरेलाई गृह मन्त्रालय तानिएको छ भने त्यहाँ भरतमणि पाण्डेलाई पठाइएको छ।

अध्यागमन कार्यालय त्रिअबिमा सुरेश पन्थीलाई पठाइएको छ भने त्यहाँ रहेका नरबहादुर थापालाई भोजपुरको सिडिओको जिम्मेवारी दिइएको छ।

Shivam cement

हेर्नुस् सूची

प्रकाशित: May 29, 2024| 20:00 बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्