आइतबार, भदौ ७, २०८३

कांग्रेस सभापति देउवाले बोलाए संसदीय दलको बैठक

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्।

सरकारले बजेट ल्याउने दिन आफ्नो रणनीति बनाउन बैठक बोलाइएको हो। गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले संसद्‍मा विरोध गरिरहेको छ।

सभामुखले भने विपक्षीको बेवास्ता गर्दै बलपूर्वक बैठक चलाइरहेका छन्। यस्तो अवस्थामा कांग्रेसले के गर्ला भन्ने चासो छ।

प्रकाशित: May 27, 2024| 19:15 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्