बुधबार, जेठ २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गिरिबन्धु टी-स्टेट प्रकरणमा संलग्नलाई छानबिनको दायरामा ल्याउन राप्रपाको माग

गिरिबन्धु टी-स्टेट प्रकरणमा संलग्नलाई छानबिनको दायरामा ल्याउन राप्रपाको माग

 |  सोमबार, जेठ १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गिरिबन्धु टी-स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन माग गरेको छ।

काठमाडौंमा बसेको तीन दिने केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले संलग्न व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

'गिरिबन्धु टी-स्टेटमा नीतिगत भ्रष्टाचार भएको छ। कानुन नै बनाएर भ्रष्टाचार गर्ने व्यक्तिहरूमाथि छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्दछ,' उनले भने। त्यस्तै राप्रपाले उठाएको ४० बुँदे माग सम्बोधन नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गर्ने भएको छ। अध्यक्ष लिङ्देनले आन्दोलनको स्वरूप फेरेर सशक्त ढंगले अगाडि बढ्ने र सरकारलाई ४० बुँदे मागप्रति ध्यानाकर्षण गराउने बताए।

उनले सत्ता पक्षले जबर्जस्ती संसद चलाएर संसदको गरिमाको मर्यादा नराखेको आरोप लगाए। उनले प्रतिपक्षी दललाई बेवास्ता गर्दै संसदमा जबर्जस्ती गर्न खोज्नु सत्तापक्षको कमजोरी रहेको बताए।

त्यस्तै उनले सहकारी ठगी प्रकरणमा मुछिएका आफ्ना सांसद गीता बस्नेतलाई छानबिनमा सघाउन निर्देशन पनि दिए।

National life insurance

राप्रपाले राजनीतिक अस्थितरताको बीचमा मध्यावधि निर्वाचन हुन सक्ने आकलन पनि गरेको छ। अध्यक्ष लिङ्देनले हुन सक्ने मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर पार्टीको संगठन सुदृढ गर्ने निर्णय भएको बताए।

उनले भने, ‘कमजोर संगठन संरचना र आगामी दिनमा हुन सक्ने मध्यावधि निर्वाचन र स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीको संगठन र संरचनालाई सुदृढ गर्ने, २०८२ वैशाख मसान्त सम्ममा ७७ वटै जिल्ला अधिवेशन गरिसक्ने निर्णय भएको छ ।’

राप्रपाले नवीन राप्रपा अन्र्तगत सञ्चालन गर्दै आएको भूगोल केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने, जिम्मेवारीमा रहेको क्रियाशिल सदस्यहरुलाई थप क्रियाशील हुन र निष्क्रियहरुलाई पनि क्रियाशील हुन र नखट्नेलाई जिम्मेवारी मुक्त गने निर्णय भएको बताए ।

 

प्रकाशित: May 27, 2024| 17:01 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्