बिहीबार, पुस १०, २०८२

बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक बोलाइयो

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

काठमाडौं- सहकारी प्रकरण सम्बन्धमा छानबिन गर्न बनाइन लागेको संसदीय छानबिन समिति गठनको विषय पेचिलो बन्दै गइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

National life

सत्तारुढ र विपक्षीबीच सोमबार बिहान सहमति नभएपछि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीलाई आजै दिउँसो ३ बजे छलफलका लागि बोलाएका हुन्। बिहानको बैठकमा सहकारीमा भएको नागरिकको रकम अपचलनको विषयमा कांग्रेसले गृहमन्त्री रवि लामिछाने केन्द्रित छानबिन समिति बनाउनुपर्ने अडान लिएको थियो।

रविको नाम प्रत्यक्ष नलिए पनि उनी संलग्न भएको गोर्खा मिडिया, यसका पदाधिकारीमाथि छानबिन गर्नुपर्ने अडान कांग्रेसको थियो। तर सत्ता पक्षका एमाले र रास्वपाले कुनै पनि हालतमा रवि केन्द्रित छानबिन समिति गठन गर्न नसकिने अडान लिएका थिए।

प्रधानमन्त्रीले दुवै पक्षका कुरा सुनेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन्। कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्ने गरी कांग्रेसले बैठक बोलाएको हो। यो बैठकपछि कांग्रेसले आफूहरूको धारणा सार्वजनिक गर्ने जनाएको छ। त्यसपछि प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेस सहभागी हुनेछ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 27, 2024| 13:52 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्